अझै २२ लाख नागरिक भूमिहीन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ असार २०७५, मंगलवार ०४:३८

काठमाडौं । नेपालमा अझै २२ लाख नागरिक भूमि अधिकारबाट वञ्चित रहेको पाइएको छ । समाचार अनुसार, भूमि नीति बनेको ५४ वर्ष बितिसक्दा पनि ती भूमिहीनले भूमि पाउन सकेका छैनन् ।

राष्ट्रिय भूमि अधिकार मञ्चका अनुसार साढे ४ लाख सुकुम्बासी, ६० हजार हलिया, ५ लाख बेदर्तावाल मोही, सुकुम्बासी, कमैया, कमलरी, गुठी, बिर्ता, रैकरलगायत २५ प्रकृतिका भूमिहीनले यो अधिकार पाएका छैनन् ।

२०२१ सालमा भूमि ऐन आए पनि भूनीति बन्न नसक्दा भूमिहीनहरु अझै पीडित भएको मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जी बताए ।

सरकारले भूमिहीन बसेको ठाउँको जग्गा दिने बताए पनि निवेदकको निवेदनको छिनोफानो अझै लाग्न नसकेको दर्जीले गुनासो गरे ।आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

(Visited 1 times, 1 visits today)

२६ असार २०७५, मंगलवार ०४:३८ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts