गुफामा थुनिएका सबैजनाको उद्धार

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ असार २०७५, बुधबार ०५:१२

एजेन्सी । थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ । फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए ।

नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ । यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको हो ।

नौसेनाल भनेको छ, “सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।”
यद्यपि उद्धारका लागि गुफाभित्र गएका चार जना भने मङ्गलबार यो समाचार तयार पार्दासम्म अझै बाहिर आइसकेका छैनन् । उनीहरू बाहिर निस्कने क्रममा बाटोमा नै रहेका बताइएको छ ।

(Visited 1 times, 1 visits today)

२७ असार २०७५, बुधबार ०५:१२ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts