क्रोयसिया पहिलो पटक फाइनलमा, उपाधि भिडन्त फ्रान्ससंग

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ असार २०७५, बिहीबार ०१:०२

मस्को । काठमाडौं । अतिरिक्त समयमा मारियो माज्डुकिकले निर्णायक गोल गरेपछि इंग्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले रसियामा जारी विश्वकपको फाइनलमा स्थान बनाएको छ । टोलीले विश्वकपको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो ।

बुधबार सम्पन्न खेलमा क्रोएसिया र इंग्ल्यान्डले ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका थिए । इङल्यान्डलाई ट्रिपियरले खेलको ५ औं मिनेटमै अग्रता दिलाएका थिए । तर निकै आक्रामक देखिएको क्रोएसियाबाट खेलको ६८ औं मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काए ।

अब, आइतबार नेपाली समयअनुसार ८ बजेर ४५ मिनेट जाँदा हुने फाइनल खेलमा क्रोएसियाले उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा पराजित भएको इङल्यान्डले शनिबार नेपाली समयअनुसार ७ बजेर ४५ मिनेट जाँदा सुरु हुने तेस्रो स्थानको प्लेअफ खेलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

डेब्यु विश्वकपमै सेमिफाइनल

सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएपछि क्रोएसियाले पहिलो पटक सन् १९९८ को विश्वकप खेलेको थियो । त्यतिबेला सेमिफाइनलमा पराजित भएको क्रोएसियाले तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्डस्लाई हराएको थियो ।

त्यसयता सन् २००२ र सन् २००६ को विश्वकपमा समुह चरणबाटै बाहिरिएको क्रोएसिया सन् २०१० मा छनोट समेत हुन सकेन । ब्राजिलमा चार वर्षअघि भएको पछिल्लो विश्वकपमा क्रोयशिया छनोट भएको थियो । तर पहिलो, चरणबाटै बाहिरियो ।

 

(Visited 1 times, 1 visits today)

२८ असार २०७५, बिहीबार ०१:०२ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts