अवैध शुल्क लिन्छन् इन्टरनेट सेवा प्रदायक

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ असार २०७५, बिहीबार ०१:०७

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकसँग नियमविपरीत अतिरिक्त शुल्क उठाउँदै आएका छन्। यसबापत प्रयोगकर्तालाई आर्थिक भार त परेको छ नै सेवा प्रदायकहरूले अवैध रूपमा करोडौं कमाइ गरिरहेका खबर कान्तिपुरले छापेको छ।

दूरसञ्चार नियमावलीमा ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा निःशुल्क मर्मत सम्भार गर्नुपर्ने प्रस्ट व्यवस्था गरिएको छ। तर इन्टरनेट सेवा प्रदायकहरूले भने हरेक ग्राहकसँग मर्मत सम्भार र अनुगमनजस्ता शीर्षक राखेर रकम असुलिरहेका छन्।

‘ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिदिएको स्तरअनुरूप निःशुल्क मर्मत सम्भार गर्नुपर्ने प्रस्ट व्यवस्था गरिएको छ,’ दूरसञ्चार नियमावलीको बुँदा नम्बर १५ को ‘ज’ मा भनिएको छ ।

तर, दूरसञ्चार सेवाको अनुमति पाएका इन्टरनेट सेवा प्रदायकहरूले नियमावलीविपरीत शुल्क ग्राहकसँग उठाउँदै आएका छन् । ग्राहकसँग नियमविपरीत विभिन्न शीर्षकका रकम असुलेको भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरणले चैत १५ मा सबै इन्टरनेट सेवा प्रदायकहरूलाई शुल्क नलिन सचेत गराउँदै पत्र काटेको थियो।

प्राधिकरणले पठाएको पत्रमा अनुगमन, प्राविधिक, मर्मत सम्भार, सहायता कुनै पनि शीर्षकमा शुल्क लिन नपाइने उल्लेख गरिएको भए पनि सेवा प्रदायकहरूले अटेर गरेपछि असार ४ गते पुनस् पत्र काटिएको प्राधिकरणले जनाएको छ।

विभिन्न शीर्षकमा रकम असुल्ने सेवा प्रदायकको अनुगमन थालिएको प्राधिकरणले जनाएको छ । अनुगमनका क्रममा विभिन्न शीर्षक राखी रकम लिएको भेटिएको भन्दै प्राधिकरणले मंगलबार सुबिसु र वेबसर्फरलाई पत्र काटेको छ।

प्राधिकरणले दुई सेवा प्रदायकलाई मात्रै पत्र काटेको भए पनि अन्य सेवा प्रदायकले पनि उपभोक्तासँग इन्टरनेट शुल्कबाहेकको रकम विभिन्न शीर्षकका असुलिरहेका छन् । सबैभन्दा धेरै ग्राहक भएको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले आफ्ना ग्राहकसँग मनिटरिङ एन्ड टेक्निकल सपोर्ट शीर्षकमा प्रतिमहिना ५ सय ५० रुपैयाँ असुलिरहेको छ।

प्राधिकरणको तथ्यांकअनुसार वल्र्डलिंकका ग्राहक २ लाखभन्दा बढी छन् । यो तथ्यांकको आधारमा मापन गर्दा वल्र्डलिंकले आफ्ना ग्राहकबाट मासिक ११ करोडभन्दा बढी असुलिरहेको छ । सुबिसु केबल नेट प्रालिका सञ्चालक सुधीर पराजुलीले प्राधिकरणको निर्देशनअनुसार साउनदेखि यस्ता शुल्क हटाउने बताए।

 

(Visited 1 times, 1 visits today)

२८ असार २०७५, बिहीबार ०१:०७ मा प्रकाशित

विशेष

सबै

देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

समाजखबर, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर.....

ढाड सेक्नेगरी बढ्यो कर, हेर्नुस् के मा कति बढ्यो ?

काठमाडौं । काठमाडौं । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका.....

कांग्रेसको प्रदेश समिति अझै बन्न सकेन

काठमाडौं । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन ।.....

कम्युनिष्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् ।.....

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम.....

Popular Posts