भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ असार २०७५, बिहीबार ०१:५७

काठमाडौं । भारतीय राज्यसभाका सदस्यहरुले अब नेपाली र मैथिली भाषमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम र्वेकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन्।
संसद्को आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौं सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले बताएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा डिल्लीराम उपाध्यायले लेखेका छन्।

आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषमा बोल्न पाइने उनले स्पष्ट पारेका छन्। राज्यसभा सचिवालयले डागरी, कश्मीरी, कोङ्कणी, सन्थाली र सिन्धीका लागि पनि अनुवादको व्यवस्था गरिएको जनाए।

२२ भाषामध्ये राज्यसभामा असम, बंगाली, गुजराती, हिन्दी, कन्नड, मलयालम, मराठी, उडिया, पन्जावी, तमिल, तेलगु र उर्दु ११ भाषामा यसअघि नै यो व्यवस्था मिलाइएको थियो।

बोडो, मैथली, मणिपुरी, मराठी र नेपाली भाषाका निम्ति अनुवादको व्यवस्था भइसकेको उनको भनाई छ। भारतको पूर्वोत्तर राज्यमा लाखौँ संख्यामा नेपालीभाषी बसोबास गर्दै आएका छन्।

नेपालीभाषी डा।चिन्तामणि शर्माले यो निकै खुसीको विषय भएको बताए।

 

(Visited 1 times, 1 visits today)

२८ असार २०७५, बिहीबार ०१:५७ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts