पुनम पाण्डेले भनिन् – बुद्ध नेपालमै जन्मिएका हुन्

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० असार २०७५, शनिबार १६:१६

काठमाडौं । नेपाल भ्रमणमा रहेका एक भारतीय सिने कलाकारले भगवान् बुद्ध नेपालमा जन्म भएको बताउनुभएको छ ।

रुसमा जारी विश्व कप फुटबलको अवसरमा आफना नेपाली प्रशंसकसँग बसेर विश्वकप फुटबलको अन्तिम खेल हेर्न नेपाल आएका बलिउड नायिका पुनम पाण्डेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विचार व्यक्त गर्नुभएको हो ।

कलाकार पाण्डेले आफू नेपालमा पहिलोपटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताउँदै भन्नुभयो, “मेरो आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी थिएँ, ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर भन्नुभएको थियो ।”

आमाको भनाइ स्मरण गर्दै उहाँले थप्नुभयो, “म पनि नेपाल आउनका लागि आतुर थिएँ, सौभाग्यवस विश्वकप फुटबलको अवसरमा आउन पाइयो, म बहुत खुसी छु ।”

डेजाभु क्लब दरबारमार्ग काठमाडौँमा भारतीय नायिका पुनम पाण्डेले आफना प्रशंसक माझ भेटघाट गर्ने तथा विश्वकप फुटबलको फाइनले हेर्ने छन् । उहाँले यसपटकको विश्वकप क्रोयसियाले जितोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो ।

डेजाभु क्लबका सञ्चालक केपी गैरेले कलाकार पुनम पाण्डे नेपाली समर्थकहरुबीचमा रहेर रसियामा जारी विश्वकप फुटबलको अन्तिम खेल हेर्ने चाहना राखेको जानकारी दिनुभयो ।

(Visited 1 times, 1 visits today)

३० असार २०७५, शनिबार १६:१६ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts