देउवाविरुद्ध पौडेल– सिटौला आक्रामक, शंशाक चुपचाप के को तयारीमा ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १ श्रावण २०७५, मंगलवार ०७:१८

  • समाजखबर, काठमाडौं ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र शशांक कोइराला एकै ठाउँ उभिएको भए यतिबेला कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विराजमान नहुन सक्थे । तर झिना मसिना कारणले रामचन्द्र पौडेल र शंशाक कोइरालाको गठबन्धनमा कृष्ण सिटौंला सहभागि भएनन् । सिटौंला आफै सभापति बने, रामचन्द्र पौडेलको मत काटे र सभापतिमा देउवालाई बिजयी बनाउन भूमिका खेले ।

महाधिवेशनको साढे २ वर्षपछि यिनै तीन नेता एकै कित्तामा उभिन्छन् त ? भन्ने प्रश्नले चर्चा पाइरहेको छ । पार्टी महाधिवेशनमा मात्रै नभएर नेपाल विद्यार्थी संघ र नेपाल महिला संघमा सिटौंलाकै पासमा देउवाले गोल गरेका थिए । समयक्रममा देउवा सिटौंला दूरी बढेको छ । महाधिवेशनमा सहयोग नपाएपछि सिटौंलासंग रिसाएका पौडेल अझै विश्वस्त भइसकेका छैन । देउवा कार्यकालको साढे २ वर्षमा सिटौंला समूहले कहिले देउवा त कहिले पौडेल पक्षतिर लागेर लाभ लिइसकेको छ । अहिले नेतृत्वप्रति आक्रामक देखिएको कांग्रेसको यो ‘तेस्रो धार’ रामचन्द्र पौडेलसंग सहकार्यका लागि इच्छुक देखिन्छ ।

निर्वाचनको हारका विषयमा समिक्षा गर्न १ महिनासम्म बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. शशांक कोइरालाको भूमिकाका बारेमा पौडेल पक्षभित्र बहस भएको थियो । त्यसअघि प्रकाशमान सिंह संसदीय दलको नेतामा उम्मेदवार बन्दा असहयोग गरेको आरोप पनि कोइरालालाई नै लाग्यो । पौडेल प्यानलबाट महामन्त्री बनेपनि कोइरालाले पार्टी सभापति देउवासंग ‘टक्कर’ लिएका छैनन् । पौडेल र देउवा दुवैलाई सन्तुलनमा राख्न खोजेका महामन्त्री कोइरालालाई पनि आफू बनेको गुटप्रति बफादार नभएको आरोप यो साढे २ वर्षमा लागिसकेको छ । उनलाई देउवासंग मिलेको आरोप लगाउनेलाई नेविसंघभित्र पछिल्लो समय देखिएको ध्रुवीकरणले बल पु¥याएको छ । जहाँ कोइरालानिकट नेविसंघ नेताहरु देउवा पक्षको विश्वासमा रहेको देखिन्छ । देउवासंग मिलेको आरोपको खण्डन भने कोइरालाले गरेका छैनन् ।
देउवासंग मिलेको आरोप यसपटक वरिष्ठ नेता रामचन्द्र पौडेललाई लागेको छ । आफ्नै प्रतिस्पर्धीसंग मिलेको आरोप खण्डन गर्न भेला गर्नुपरेको छ पौडेलले । देउवासंग भएको भेट, पौडेलकै पुत्रले फेसबुकबाट सार्वजनिक गरेको तस्विर र जिल्ला सभापति भेलाको दृश्यले पौडेललाई यस्तो आरोप लागेको हो । यो आरोपले पार्टीभित्र आफ्नो अलग अस्तित्व र विपक्षी नेताको छवि कायम राख्न पौडेललाई चुनौती दिएको छ । कुनैबेला सिटौंला, कुनैबेला शंशाक र अहिले पौडेललाई देउवासंग मिलेको आरोप लागेको छ र कांग्रेसभित्र यो गम्भीर चर्चाको विषय बनेको छ । सभापति देउवासंग कुरा मिल्नु वा सहकार्य हुुनु अपराधसरह हुनेजस्तो गरी कांग्रेसवृत्तमा छलफल हुनु पार्टी हितमा पक्कै छैन ।

सभापतिसंग मिलेर स्वार्थ पुरा गरेको आरोप लाग्न बाँकी नेता शीर्षतहमा अब बाँकी छैनन् । यसको अर्थ पार्टीभित्र आवश्यकता अनुसार प्रतिस्पर्धी नेतालाई प्रयोग गर्न सभापति देउवा आज पर्यन्त सफल भइरहेका छन् । यही सफलताले देउवालाई बल पुगेको छ । असफलताका सयौं कारण हुँदा पनि देउवाको हौसला बढ्नुको मुख्य कारण विपक्षी नेताहरुको सम्झौतावादी चरित्र नै हो भन्दा दुईमत रहेन ।
देउवालाई पार्टी नेतृत्वसहित केही भ्रातृसंस्थाको नेतृत्व सुम्पिसकेपछि ‘तेस्रो धार’ तोकिएको जिम्मेवारी पूरा गरेर नयाँ अभियानमा लागेको देखिन्छ । पछिल्लो पूर्व महामन्त्री प्रकाशमान सिंहलाई बढी महत्व दिएझै गरेर पौडेल खेमामा खेल्न तेस्रो धार सफल भएको उदाहरण नेविसंघभित्रको अदलबदलबाट पुष्टि हुन्छ । जिल्ला सभापति भेलाको उद्घाटनदेखि समापनसम्मको चरणमा नेतृत्वले सहजता महसुसमात्रै गरेन पौडेल खेमाबाट पर्याप्त सहयोग पनि लियो । यही कारण हो अहिले वरिष्ठ नेता पौडेल देउवासंगको सम्बन्ध व्याख्या गर्नुपर्ने अवस्थामा छन् ।
यहीबीचमा महामन्त्री कोइरालाको भूमिका भने अब चासोको केन्द्र बनेको छ । देउवासंग मिलेको आरोप लाग्दा उनले कहिल्यै खण्डन गरेनन् । प्रकाशमानलाई असहयोग गरेको आरोप लाग्दा महामन्त्री मौन रहे । पार्टी फोरममा सभापतिको कमजोरीलाई केलाएर शंशाकले कहिल्यै हुर्मत लिएनन् । सभापतिसंगको सम्बन्धबारे स्ष्टीकरण दिदैं नहिडेको मात्रै होइन पौडेलसंगको सहकार्यबारे अप्रिय टिप्प्णी पनि कोइरालाले गरेका छैनन् । कोइराला परिवारका बारम्बार हुने रणनीतिक बैठकले शंशाकलाई प्रभाव पारेको सतहमा देखिएको पनि छैन ।

यस्तो अवस्थामा महामन्त्री कोइराला के गरिरहेका छन् ? प्रश्नको जवाफ सिधा छ– उनी पार्टीको नेतृत्व लिन चाहिरहेका छन् । उनका निकटस्थहरुका अनुसार कार्यकालभरी देउवासंग कडा सम्बन्धपनि नराख्ने, पौडेललाई पनि अन्यथा नभन्ने र प्रकारान्तरले दुवैको सद्भाव बटुल्ने शंशाको रणनीति हो । कोइराला परिवारको विरासत फर्काउन आक्रामक र आरोप प्रत्यारोपबाट सम्भव नहुने उनले बुझेका छन् । त्यसैले उनले सबैलाई समदुरीमा राखिरहेका छन् । केही दिनमा महाराजगञ्जमा नियमित बसाइँ सार्ने र पार्टीभित्र भूमिका बढाउने उनको तयारीले देउवा, पौडेल र सिटौंलालाई तनाव दिएकै छ । त्यसको नतिजा कस्तो आउँछ भन्नका लागि महासमिति बैठकसम्म भने कुर्नैपर्ने देखिन्छ ।

 

(Visited 1 times, 1 visits today)

१ श्रावण २०७५, मंगलवार ०७:१८ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts