प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३ श्रावण २०७५, बिहीबार ०२:२९

काठमाडौं । तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो।

असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो । नेकपा नियमावली परिमार्जन कार्यादलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाकिएको थियो । अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो । सो बैठकले पार्टीको नियमावली तथा विधान पारित गर्ने निर्णय गर्यो।

गत महिना सत्तासीन नेकपाका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निवासमै भए । सत्ताको नेतृत्व गरेका नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरेको यो विषय नौलो भने होइन । यसअघि पनि सरकारको नेतृत्व गरेका दलले यही ठाउँलाई पार्टी बैठकस्थलका रुपमा प्रयोग गरेका थिए ।

२०४६ सालको जनआन्दोलनबाट बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि पहिलोपटक २०४८ मा नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र आफ्नो गुटका बैठक सरकारी निवास बालुवाटारमा बोलाउन सुरु गरेका थिए ।

त्यसपछि बालुबाटारलाई दलीय बैठक स्थलका रुपमा प्रयोग गर्ने क्रमले निरन्तरता पाएको छ । कोइराला त्यतिबेला पार्टी सभापति नभए पनि उनले आफ्नो समूहको बैठक प्रधानमन्त्रीका नाताले बालुवाटारमा डाक्ने गरेका थिए । उनले पार्टीका दुई गुट छत्तीसे र चौहत्तरेमध्ये आफ्नो पक्षको चौहत्तरे समूहको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पटकपटक आयोजना गरेका थिए । त्यसपछि सत्तामा सत्ताको नेतृत्व गरेका कांग्रेस, कम्युनिस्टलगायत दलले यसलाई संस्कारकै रुपमा विकास गर्दै आएका छन् । नागरिक दैनिकबाट ।

(Visited 1 times, 3 visits today)

३ श्रावण २०७५, बिहीबार ०२:२९ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts