‘अस्पतालमा रक्तपात हेर्न सकिनँ’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ४ श्रावण २०७५, शुक्रबार ०१:०९

काठमाडौं । सरकारले रक्तपात गर्न थालेपछि आफू काठमाडौं फर्कन राजी भएको डा. केसीले बताएका छन्। सरकारले बल प्रयोग गरी अस्पतालबाहिर निकालेपछि डा. केसीले भने, ‘म सरकारसँग झुकेको छैन, सरकारले यहाँ रक्तपातको अवस्था सिर्जना ग¥यो। यसलाई रोक्ने मैले काठमाडौं जाने निर्णय गरें। माग पूरा नहुँदासम्म काठमाडौंमै अनशन जारी राख्छु।’

प्रहरी प्रशासन दमनमा उत्रिएको र सरकार रक्तपात मच्चाउने अवस्थामा प्रस्तुत भएको उनको भनाइ छ। ‘राज्यको दमनले यहाँ मानवीय र भौतिक क्षति बढ्दै जाने सम्भावना देखें, मलाई सरकारले जबर्जस्ती काठमाडौं लगेको छ’, डा. केसीले रुँदै भने, ‘तर मलाई जहाँ लैजान्छ, त्यहीँ अनशन बस्नेछु, कर्णालीको पक्षमा मेरो लडाइँ जारी रहनेछ। अब अस्पतालमा तोडफोड नगर, राज्यको दमनकारी शैलीले कर्णालीलाई दुःखी बनाएको छ।’ अन्नपूर्ण पोस्टबाट ।

(Visited 1 times, 1 visits today)

४ श्रावण २०७५, शुक्रबार ०१:०९ मा प्रकाशित

Popular Posts