सत्याग्रहीसंग झुक्यो सरकार, नौ बुँदे सहमतिपछि तोडियो अनसन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ११ श्रावण २०७५, शुक्रबार ००:४१

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखी अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । विहीबार राति भएको सहमतिपछि डा. केसीले उठाएका महत्वपूर्ण मागहरु पूरा गर्न सरकार बाध्य भएको छ । केसीका मागबारे कडा रुपमा प्रस्तुत हुँदै आएपनि अन्तत ः सरकार पछि हटेको हो । सहमतिलगत्तै डा. केसीले अनसन तोडेका छन् ।

केसी– सरकार सहमतिमा १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्नेलगायतका बुँदा रहेका छन् ।

अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयुमा भर्ना गरिएको छ । विहीबार दिनभर केसीको माग बारे सहमति जुटाउन वार्ता भएको थियो । प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा अनशनरत थिए ।

 

काठमाडौंमा १० वर्ष मेडिकल कलेज नखुल्ने, अरु के-के छ सहमतिमा ?

(Visited 1 times, 1 visits today)

११ श्रावण २०७५, शुक्रबार ००:४१ मा प्रकाशित

विशेष

सबै

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन् । समाज खबरसंगको कुराकानीमा उपाध्यक्ष परियारले.....

नेविसंघमा ढोका बन्द गरी झ्यालबाट नेतृत्व ल्याउन खोजे मान्दैनौ : केन्द्रीय सदस्य भट्ट

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टले महाधिवेशन प्रभावित गरी झ्यालबाट नेतृत्व खडा.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts