विहीबारको मन्त्रिपरिषदका २० निर्णयहरु

काठमाडौं । बढुवा तथा नियुक्तिसहित बिहीबारको मन्त्रिपरिषद्काबैठकले विभिन्न २० वटा निर्णय गरेको छ। बैठकले अघिल्ला मन्त्रिपरिषद्ले गरेका कतिपय निर्णयहरु समेत सच्याउने गरी खारेज गरिएको कार्यालयहरुलाई यथावत् राख्ने निर्णय भएको छ।
दुई साताअघि मन्त्रिपरिषद्ले सबै समितिहरु खारेज गर्ने निर्णय गरेकोमा बिहीबार कतिपय समितिहरुलाई फेरि कायमै राख्ने निर्णय गरिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको जानकारी अनुसार यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु–
१.कार्यविभाजन नियमावली संशोधन गरी कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयलाई टुक्राएर भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय बनाउने
२. नेपाली सेनाका बलाधिकृत रथी पूर्ण चन्द्र थापालाई साउन २४ गते देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने
३. लुम्बिनी बिकास कोषको उपाध्यक्षमा अबधेश कुमार राठी तथा सदस्य सचिवमा विष्णु प्रसाद ढकाललाई नियुक्ति गर्ने
४.संस्था दर्ता, नियमन र व्यवस्थापन सम्बन्धि बिधेयक तर्जुमा लागि गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती दिने
५.संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य पदमा सन् २०२१ र २०२३ लागि पनि पुनःउम्मेदवारी दिने। हाल नेपाल सो पदमा कायम छ।
६.’अर्बान वाटर सप्लाइ एन्ड सेनिटेसन’ प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट १ सय ३० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका अन्तर्राट्रिय आर्थिक सहायता महाशाखाका प्रमुखको नेतृत्वमा खानेपानी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि र अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका उपसचिव सदस्य रहेको वार्ता टोली गठन गर्ने निर्णय गर्ने
७.सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन तथा कार्यसञ्चालन आदेश २०६९ बमोजिम संस्थान निर्देशन बोर्ड खारेज गर्ने। साथै बोर्डको स्वामित्वमा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा दायित्व नेपाल सरकार अर्थ मन्त्रालयमा कायम गर्ने
८.मिलेनियम च्यालेन्ज अकाउन्ट विकास समिति गठन आदेश २०७४ लाई निरन्तरता दिई त्यससम्बन्धि समितिलाई समेत कायमै राख्ने। सो प्रोजेक्टले नेपाल र अमेरिकी सरकारबीच भएको सम्झौताअनुसार बिद्युत् प्रसारण लाइन र सडक मर्मत सम्बन्धि काम गर्दै आएको छ।
९.बैकल्पिक उर्जा प्रबद्र्धन विकास समिति कायम राख्ने
१०.भूमिगत जलस्रोत विकास समिति कायम राख्ने
११.जल तथा उर्जा आयोग नेपाल कायम राख्ने
१२ बिद्युत् नियमन आयोग कायम राख्ने
१३ नेपाल बिद्युत् प्राधिकरण कायम राख्ने
१४.काूनन, न्याय तथा संसदीय मामिला मन्त्रालय मातहतको कानून किताब व्यवस्था समितिलाई कायम राख्ने
१५.राष्ट्रिय मानव अधिकार आयोगले अज्ञात अवस्थाका तथा मृतकलाई क्षतीपुर्ती दिन सरकारलाई निर्देशन दिए अनुसार सिन्धुपाल्चोकका राजकुमार तामाङ, मधु ताजपुरिया र टिकाबहादुर राईका परिवारलाई डेढ लाखका दरले क्षतीपुर्ती उपलब्ध गराउने
१६ नेपाल र भारत सरकारसँग बीच २१ डिसेम्बर २०१६ मा हस्ताक्षर भएको समझदारीपत्र बमोजिम प्रतिस्थापन हुने नेपाल भारत हवाई सम्झौता अनुमोदन गर्ने। सो सम्झौताको दफा १३ मा रहेको को अपरेटिभ मार्केटिङ कार्यान्वायन हुने ।
१७. रेडियो प्रसार विकास समिति कायम राख्ने
१८. राष्ट्रिय सूचना प्रविधि केन्द्र कायम राख्ने
१९. सुरक्षण मुद्रण विकास समिति कायम राख्ने
२०.प्रेस काउन्सिल नेपाललाई नयाँ कानुन बनाएर नेपाल मिडिया काउन्सिल बनाउने
११ श्रावण २०७५, शुक्रबार ०१:१० मा प्रकाशित