प्रधानमन्त्रीले फेरि फुटाए मन्त्रालय, करोडौं खर्च बढ्ने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ११ श्रावण २०७५, शुक्रबार ०१:११

काठमाडौं । सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइटा बनाएको छ । फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएसँगै अब मन्त्रालय संख्या २२ पुगेको छ ।

एउटा मन्त्रालय थप्दा मन्त्री, सचिव, निजी तथा स्वकीय सचिवालय र विभिन्न महाशाखाका लागि वर्षको कम्तीमा ५० करोड रुपैयाँ प्रशासनिक खर्च बढ्ने प्रधानमन्त्री कार्यालयकै अधिकारीले जनाए ।

अधिकारसम्पन्न संघीय पुन:संरचना समितिले १५ र तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी नेतृत्वको प्रशासनिक पुन:संरचना कार्यदलले ११ मन्त्रालय मात्र राख्न सिफारिस गरेका थिए ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई अलगै मन्त्रालय दिन मन्त्रालय फुटाइएको हो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्री बनाएपछि अर्याललाई छुट्टै कार्यभार दिन मन्त्रालय टुक्र्याउनुपरेको स्रोतले जनायो ।

प्रधानमन्त्री केपी ओलीले सत्तासीन भएको ८ दिनमै मन्त्रालय संख्या ३१ बाट १८ बनाएका थिए । तर, ओलीको त्यो निर्णय तीन साता पनि टिकेन । चैत २ मा उनले संख्या बढाएर २१ पुर्‍याएका थिए ।

(Visited 1 times, 1 visits today)

११ श्रावण २०७५, शुक्रबार ०१:११ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts