किन घट्यो भारु नोट साट्नेको संख्या ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार ०१:५९

काठमाडौं । भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटको बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ ।

पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने क्रम बढेसँगै सर्वसाधारण नेपालीले एटिएम कार्ड बोक्न थाल्दा बैंकमा भारु नोट साट्नेको भिड घटेको हो । आजको नागरिकमा खबर छ ।

भारत जाँदा भारु नोटको सट्टा विद्युतीय प्रणालीबाट कारोबार गर्ने चलन बढेपछि नगद लिन आउने क्रम घट्दै गएको राष्ट्र बैंक, बैंंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक झलकशर्मा आचार्यले बताए ।

नेपालमा भारु साट्ने क्रम घटेसँगै राष्ट्र बैंकले भारु ल्याउन कम गरिसकेको छ । बैंकले गत आर्थिक बर्षमा आठ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याउन योजना बनाएको थियो ।

तर, माग कम भएकाले ६ अर्ब रुपैयाँ बराबरका भारु नोट मात्र ल्यएको कार्यकरी निर्देशक आचार्यले बताए ।

 

(Visited 1 times, 1 visits today)

१६ श्रावण २०७५, बुधबार ०१:५९ मा प्रकाशित

शीर्ष खबर

सबै

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न.....

१० वर्षमा साढे दुई गुणा मुद्दा बढ्यो

काठमाडौं । नेपालमा दश वर्षको अवधिमा उल्लेख मात्रमा मुद्दा संख्‍या बढेको छ । सर्वोच्च अदालतले संक्षिप्त रुपमा.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts