नेपालले आज पहिलो एकदिवसीय क्रिकेट खेल्दै

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार ०२:०८

काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्यायको सुरुवात औपचारिक रुपमा बुधबारदेखि हुँदैछ । नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो एक दिवसीय क्रिकेट प्रतिस्पर्धामा बुधबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।

गएको चैतमा जिम्बावेमा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो ।

नेदरल्याण्ड्ससँगको पहिलो एक दिवसीय खेल नेपाली समयानुसार बुधबार दिउँसो पौने ३ बजे बजे नेदरल्याण्ड्सको स्थित भिआरए मैदान, आम्स्टरडममा हुनेछ । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो ।

नेदरल्याण्डमा एक दिवसीय दुई खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो पहिलो खेल हो ।

(Visited 1 times, 1 visits today)

१६ श्रावण २०७५, बुधबार ०२:०८ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts