अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० श्रावण २०७५, आईतवार ०२:१४

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन् ।

समाज खबरसंगको कुराकानीमा उपाध्यक्ष परियारले नेविसंघभित्र देखिएका सबै समस्याको समाधान गरी विधान अनुसार नै महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुको विकल्प नरहेको बताएका हुन् । ‘हामी जसरी महाधिवेशनबाट चुनिएर आयौं त्यसरी नै महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्न सक्षम छौं । नेविसंघ केन्द्रीय समितिमा रहेका सबै साथीहरुले इमान्दार प्रयास गर्ने हो भने महाधिवेशन ३ महिनामै गर्न सकिन्छ ।’, परियारले भने ।

नेविसंघको मौजुदा कार्यसमितिको म्याद साउन २३ मा सकिदैछ । नेपाली कांग्रेसले निर्देशक समितिको निर्णयमार्फत नेविसंघको म्याद विधान अनुसार ३ महिना थप्ने तयारी गरिरहेको छ । उपाध्यक्ष परियारले ३ महिनाभित्र महाधिवेशन गराउन नसकिए नेविसंघ संकटमा पर्ने बताए । ‘हाम्रा बीचमा जति नै असहमति भएपनि त्यसको आयु ३ महिना हो । ३ महिनामा महाधिवेशन गर्न सकेनौं भने असहमति राख्ने ठाउँ पनि गुमाउछौं ।’ उनले भने ।

नेविसंघमा समानान्तर संगठन चलाउने र विधान विपरीत संगठन चलाउने दुवै कुरा गलत रहेको भन्दै उनले अध्यक्ष नैनसिंह महर र महामन्त्रीहरु जिम्मेवार भए महाधिवेशन सहज ढंगले सम्पन्न हुने बताए । ‘जति विवाद बाहिर देखिएको छ त्यसको कारण कि अध्यक्ष हुनुहुन्छ कि महामन्त्री । उहाँहरु जिम्मेवार हुनुभएन भने आम विद्यार्थीले माफी दिने छैनन् ।’, उपाध्यक्ष परियारले भने ।

आफूहरु सधै विधान अनुसार चल्न चाहेको भन्दै उपाध्यक्ष परियारले ३२ वर्षे उमेर हद लागु गर्नुपर्ने बताए । नेविसंघमा लामो समय सक्रिय रहेका तर ३२ वर्ष नाघेका नेताहरुको राजनीतिक व्यवस्थापन गर्दै उमेर हद लागु गर्नुको विकल्प नरहेको उनको भनाई छ । ‘अन्य संगठनसंग प्रतिस्पर्धा गर्न पनि उमेर हद लगाउनैपर्छ । लामो समय योगदान गरेका नेताहरुलाई पार्टीले उचित भूमिका दिनुपर्छ ।’, उनले भने ।

कम्युनिष्ट सरकारको तानाशाही प्रवृत्तिविरुद्ध एकताबद्ध भएर लड्नुपर्ने बेला नेविसंघ नेताहरु आपसमा लडाई गर्नुको अर्थ नरहेको उपाध्यक्ष परियारले बताए । ‘अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने नेविसंघले अब सोच्नुपर्छ ।’, उनले भने ।

(Visited 1 times, 1 visits today)

२० श्रावण २०७५, आईतवार ०२:१४ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts