बिदा बसे जोशी !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० श्रावण २०७५, आईतवार ०२:२१

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा वस्नुहुने भएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उहाँ बिदामा बस्न लाग्नुभएको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

साथै, रोलक्रमका आधारमा वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । जोशीले १ सय २० दिन कायममुकायम प्रधानन्यायाधीशको जिम्मेबारी सम्हाल्नुभएको थियो ।

जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि छानविन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले भने, ‘मैले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाइँदै लगिएको बुझेको छु । आफ्नो अभीष्ट पूरा गर्न केही तत्वहरु सक्रिय भएर लागे ।’

(Visited 1 times, 1 visits today)

२० श्रावण २०७५, आईतवार ०२:२१ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts