बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० श्रावण २०७५, आईतवार १४:४५

ढाका । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् ।

तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्लादेशको राजधानी ढाकाका कतिपय ठाउँमा विद्यार्थीहरुले आन्दोलन चर्काइरहेका छन् ।

ढाका नजिकैको जिगाताला भन्ने ठाउँमा शनिबार भएको प्रदर्शनले उग्ररुप लिएपछि कम्तीमा १०० जना घाइते भएका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार, प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरु भर्ना गरिएको थियो ।

देशको सबैभन्दा बढी बिक्री हुने अखबार प्रोथोम आलोले पनि प्रदर्शनहरु हिंसात्मक भएसँगै शनिबार अबेरदेखि इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।

(Visited 1 times, 1 visits today)

२० श्रावण २०७५, आईतवार १४:४५ मा प्रकाशित

शीर्ष खबर

सबै

तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको.....

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ । पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts