सिंहदरबार–२ को दोस्रो एपिसोड युट्युबमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० श्रावण २०७५, आईतवार १४:५५

काठमाडौं ।बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार–२’ को दोस्रो एपिसोड पनि युट्युबमा सार्वजनिक भएको छ । टेलिश्रृंखलाको पहिलो एपिसोड यसअघि नै सार्वजनिक भइसकेको छ । गज्जब टिभी युट्युब च्यानलमा सिंहदबार २ का सम्पुर्ण एपिसोडहरु हेर्न सकिनेछ ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआइडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा सिंहदरबार २ उत्पादन गरेको हो । ‘सिंहदरबार’को पहिलो सिजनको निरन्तरताको रुपमा सर्च नेपालले दोस्रो सिजनको निर्माण गरी प्रशारण गर्दै आइरहेको छ । हरेक शनिबार बेलुका ८ः५० देखि नेपाल टेलिभिजनमा प्रसारण भइरहेको सिंहदबार २ सोमबार दिउँसो १ बजे पुनः प्रशारण हुँदै आएको छ ।

टेलिश्रृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौति र अवसरहरुमा केन्द्रित छ । नेपालमा संघीय संरचना तथा त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न महिला प्रधानमन्त्री आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरालाई दोश्रो सिजनमा देखाइएको छ । युट्युबमा सार्वजनिक दोस्रो सिजनको दोस्रो एपिसोडले भने जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वाथ्य क्षेत्र र ट्राफिक सेवाको विषयलाई मुल रुपमा उठाएको छ ।

नवीन सुब्बाले निर्देशन गरेको टेलिश्रृंखलामा रमेश रन्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकाश घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सबिना गोपाली, रेम विक लगायतका कलाकारको अभिनय छ ।

(Visited 1 times, 1 visits today)

२० श्रावण २०७५, आईतवार १४:५५ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts