कोहली बने एक नम्बर टेस्ट ब्याट्सम्यान

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० श्रावण २०७५, आईतवार १५:००

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेट ब्याट्सम्यानको वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन्। कोहलीले शनिबार सकिएको इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा १ सय ४९ र दोस्रो इनिङमा ५१ रन प्रहार गरेका थिए।

२९ वर्षीय कोलहीले अस्ट्रेलियाका पूर्व कप्तान स्टेभिन स्मिथलाई पछि पार्दै पहिलो वरीयता हात पारेका हुन्। स्मिथ पछिल्लो ३२ महिना पहिलो वरीयतामा थिए। यद्पयी उनी बल टेम्परिङ काण्डमा दोषी पाइएपछि १२ महिनाको प्रतिबन्धमा छन्।

कोहलीले टेस्ट क्रिकेटमा ६७ खेल खेल्दै २२ शतक प्रहार गरेका छन्। सन् २०११ पछि टेस्ट ब्याट्सम्यानको पहिलो नम्बरमा पुग्ने पहिलो खेलाडी हुन्। सन् २०११ मा सचिन तेन्दुल्कर पछि उनी विराट पहिलो नम्बर पुगेका भारतीय ब्याट्सम्यास हुन्।

कोहलीको समग्रमा ५७ शतक प्रहार गरेका छन्। उनले एकदिवसीय खेलमा ३५ र टेस्टमा २२ अर्धशतक प्रहार गरिसकेका छन्।

(Visited 1 times, 1 visits today)

२० श्रावण २०७५, आईतवार १५:०० मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts