यो वर्ष २५ विदेशी उत्पादनले नेपाल गुणस्तर पाए

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० श्रावण २०७५, आईतवार १५:०४

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ।

आर्थिक वर्ष २०७४/०७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो। जसमा ८ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिन्डर २, एलपीजी सिलिन्डर ३, एलपीजी भल्व ३, आइरन बार ३ र एलपीजी रेगुलेटर १ वटा रहेका छन्।

विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिन्ह प्रदान गरे पनि नेपालले भने विदेशी वस्तुलाई गत वर्षदेखि नेपाल गुणस्तर चिन्ह प्रदान गर्न सुरु गरेको हो।

विभागले स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, सलुजा स्टिल, टाटा स्टिल, विके स्टिल, सूर्यशक्ति भेसल्स, ग्यास ड्रोइड इन्जिनियरिङ, सर्वमंगल पेट्रोलियम, सुप्रिम इ प्रालि, टाइम टेक्नोप्लाष्ट, प्रभा इलेक्ट्रोनिक्स, बात्रा एसोसियट्स र दिल्ली एलपिजीलगायतका भारतीय उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ। यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिन्ह प्रदान गरेको छ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी विदेशी मुलुकबाट नेपाल गुणस्तर चिन्ह लिने उद्योगमा क्रमशः वृद्धि हुँदै गएको बताउँछन्। ‘प्रक्रिया पुर्याएर एनएस चिन्ह लिने विदेशी कम्पनीलाई हामीले एनएस चिन्ह प्रदान गर्दै आएका छौँ।,’ उनले भने। रासस

(Visited 1 times, 2 visits today)

२० श्रावण २०७५, आईतवार १५:०४ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts