२० देशका सैनिक अधिकारीको संयुक्त अभ्यास नेपालमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ श्रावण २०७५, सोमबार १४:००

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको प्यासिफिक कमाण्डको संयुक्त आयोजनामा २० देशका सैन्य अधिकारीहरु संयुक्त अभ्यासमा काठमाडौँमा जुटेका छन्।

विपतका वेला बहुराष्ट्रिय सैनिकबीचको सूचना आदानप्रदानको विषयमा आयोजना भएको ‘मल्टिनेसनल कम्यूनिकेशन इन्ट्रोप्रोव्यालिटी प्रोग्राम (एमसीआईपी) प्यासिफिक इन्डेभर–१८ (ईपी–१८) सोमबार देखि काठमाडौँमा सुरु भएको हो। अभ्यासको युद्धकार्यय महानिर्देशक उपरीथ प्रभुराम शर्माले उद्घाटन गरेका हुन्।

भविश्यमा हुन सक्ने विपद् व्यवस्थापनको दौरान अन्तर सञ्चार माध्यमलाई प्रभावकारी बनाउन अभ्यासले थप मद्दत पुग्ने उनले बताए।

विपद् व्यवस्थापनको समयमा अन्तर सञ्चार माध्यमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरी सूचना प्रवाहको प्रभावकारीतालाई अभिबृद्धि गर्ने लक्ष्यले अभ्यास संचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ। एसिया प्रशान्त क्षेत्र प्राकृतिक प्रकोपको दृष्टिकोणले अति नै संवेदनशिल क्षेत्र भएको हुँदा सन् २००४ को सुनामीमा देखिएको कमिकमजोरी हटाई मानवीय सहायता र प्रकोप राहत कार्यलाई प्रभावकारी बनाउनका लागि २००५ बाट यस्तो अभ्यास चल्दै आएको हो।

यो तालिममा नेपाल सन् २००६ बाट सहभागी हुँदै आएको छ। यसअघि नेपालले २०७१ सालमा यो अभ्यास संचालन गरेको थियो। अभ्यासमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इन्डोनेसिया, जापान, मलेसिया, माल्दिभ्स, मंगोलिया, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाईल्याण्ड, टोंगा, भियतनाम र संयुक्त राज्य अमेरिका गरी २० देशका २७० जना प्रतिनिधिहरु सहभागी हुँदै छन्।

अभ्यास भदौ १ गते सम्म चल्ने छ।

(Visited 1 times, 1 visits today)

२१ श्रावण २०७५, सोमबार १४:०० मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts