लिभरपुलको बिजयी सुरुवात

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ श्रावण २०७५, आईतवार १५:४४

इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ। एनफिल्डमा आइतबार भएको खेलमा वेष्ट ह्यामलाई ४–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको हो।

लिभरपुलले खेलको १९ औं मिनेटमा मोहम्मद सलाहको गोलबाट सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफको अतिरित्त समयमा साडियो मानेले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २–० को अग्रता दिलाए। पहिलो हाफमा २–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

खेलको ५३ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–० को अग्रता लिन सफल भयो।

यस्तै, खेलको ८८ औं मिनेटमा डानिएल स्टुरेजले गोल गरेपछि लिभरपुल ४–० को जित निकाल्न सफल भयो। सलाहको स्थानमा मैदान प्रवेश गरेका स्टुरेजले मैदान प्रवेश गरेको एक मिनेट नहुँदै गोल गरेका थिए।

(Visited 1 times, 1 visits today)

२७ श्रावण २०७५, आईतवार १५:४४ मा प्रकाशित

शीर्ष खबर

सबै

तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको.....

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ । पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts