आर्यनको अंगालोमा बाँधिइन् सृष्टि

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ श्रावण २०७५, आईतवार १५:४६

काठमाडौं । सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’को शिर्ष गीतको हालै छायांकन गरिएको छ। गीतको सार्वजनिक तस्बिरमा नायक आर्यन अधिकारीको अंगालोमा नायिका सृष्टि श्रेष्ठ बाँधिएकी छन्।

तस्बिरमा आर्यन र सृष्टिको जोडी निकै जमेको देखिन्छ। तस्बिर सार्वजनिक भएसँगै गीतप्रति चासो बढेको छ। अर्जुन पोखरेलले संगीत दिएको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। कुलेखानी र राजधानीमा पाँचदिन लगाएर फिल्मको गीत खिचिएको निर्देशक श्रेष्ठले जानकारी दिए।

अर्को सातातिर गीत रिलिज गरिने उनले बताए। फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङलगायतको अभिनय छ। रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा निर्माण भएको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ। ‘बाँध मायाले’ फिल्म असोज ५ मा प्रदर्शन हुँदैछ।

(Visited 1 times, 1 visits today)

२७ श्रावण २०७५, आईतवार १५:४६ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts