प्रकाण्डलाई छुटाउन बन्दी प्रत्यक्षीकरण रीट

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ श्रावण २०७५, आईतवार १५:५१

काठमाडौं । आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् ।

विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले गृहमन्त्रालय र मन्त्री, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर तथा त्यसका प्रमुखविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । नरेन्द्रले विश्वकर्मासहित नेकपाका नेताहरु हरिचन्द्र आचार्य, मनबहादुर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको दाबी गरेका हुन् । मनबहादुर खड्ग बहादुरका सवारीचालक हुन् ।

प्रहरीले आफ्ना बाबुलाई पक्राउ गरेपछि औषधिसमेत सेवन गर्न नदिएको, हातमा हत्कडी लगाएर निकृष्ट व्यवहार गरिएको र आँखामा पट्टी बाँधी शारीरिक तथा मानसिक यातना दिएको दाबी गरेका छन् । राजनीतिक पूर्वाग्रहको आधारमा गृहमन्त्रीको आदेशमा आफ्ना बाबुलाई पक्राउ गरिएको निवेदकको दाबबी छ ।

(Visited 1 times, 2 visits today)

२७ श्रावण २०७५, आईतवार १५:५१ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts