सानेपामा कोठी चलाउने २ पक्राउ, ४ युवतीको उद्धार

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार ००:४९

ललितपुर । वेश्यावृत्ति धन्दा चलाएको आरोपमा प्रहरीले सानेपास्थित एक डान्सबारमा छापा हानी दुई जनालाई पक्राउ गरेको छ।

सानेपास्थित हेम कुमारी सिलवालको घरमा रेस्टुरेन्ट चलाउने रामेछाप पकरवासस्थायी घर भएका सुजन कार्की र रामचन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले सानेपामा रुफटप रेष्टुरेण्ट एण्ड बार संचालन चलाउँदै आएका थिए। जागिर लगाइदिने प्रलोभनमा उनीहरुले विभिन्न जिल्लाबाट युवतीहरुलाई काठमाडौं ल्याई सो डान्सबारमा काम लगाउँथे।

ग्राहकरुसँग मोटो रकम लिई उनीहरुसँग युवतीलाई जबरजस्ती सम्बन्ध राख्न लगाउने गरेको प्रहरीले जनाएको छ। पीडित किशोरीको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
सो डान्सबारबाट ४ जना किशोरीको उद्धार समेत गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए।

पक्राउ परेकालाई प्रहरीले मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाएको छ।

(Visited 1 times, 9 visits today)

२८ श्रावण २०७५, सोमबार ००:४९ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts