म्यानचेस्टर गोली काण्डमा १० घाइते

संबाददाता : रासस प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार ००:५७

लण्डन । बेलायती शहर म्यानचेस्टरमा भएको गोली काण्डमा कम्तीमा १० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार आइतबार (बिहान २ः३० बजे) मोससाइड क्षेत्रको क्लेयरमाउन्ट रोडमा चलेको गोली लागी उनीहरू घाइते भएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ ।

गुप्तचर प्रहरी निरीक्षक डेवी डुलीले भन्नुभयो, “हामीले अहिले केही स्थानीयहरूलाई घाइते अवस्थामा अस्पतालमा भेटेका छौँ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको र उहाँहरूको उपचार भइरहेको छ । सबै घाइतेको अवस्था खतरामुक्त रहेको छ ।”

उहाँले घटनालाई खतरनाक आक्रमणको सज्ञा दिँदै अधिकारीहरूले घटना कहाँ भएको र यसका दोषीहरूबारे अनुसन्धान गरिरहेको बताउनुभयो । डुलीले भन्नुभयो, “घटनामा दोषी रहेको आशङ्कामा क्यारेवियाली व्यक्तिलाई पक्राउ गरिएको तर घटनाको केहीघण्टा पहिले उसलाई छोडिएको थियो । त्यसैले त्यहाँ त्यस किसिमका केही मानिसहरूको समूह हुनसक्छन् ।”

(Visited 1 times, 1 visits today)

२८ श्रावण २०७५, सोमबार ००:५७ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts