नेतन्याहुद्वारा गाजामा ‘पूर्ण’ युद्धविरामको माग

संबाददाता : रासस प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार ०१:००

जेरुसेलम । गाजामा हमासका पक्षबाट ‘पूर्णरूपमा’ युद्धविरामको माग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार गर्नुभएको छ । इजरायल तथा हमास पक्षबीचको विवादबारे सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै नेतन्याहुले उक्त कुरा गर्नुभएको छ ।

इजरायल र हमास समूहबीच दीर्घ–कालीन युद्धविराम गराउन संयुक्त राष्ट्रसंघका अधिकारी र इजिप्टले पहल जारी राखेका समय नेतन्याहुबाट उक्त प्रतिक्रिया आएको हो । पहलबारे इजरायली पक्षद्वारा भने कुनै प्रतिक्रिया आएको छैन ।

जुलाईदेखि अहिलेसम्म हमास र इजरायलबीच हिंसात्मक तीन घटनाहरू भएका छन् । “हामी गाजामा आतङ्कवादविरोधी अभियानको मध्यतिर छौँ,” नेतन्याहुले मन्त्रीपरिषद्को बैठकको सुरुमा भन्नुभयो । “यो एउटा सशक्त कारबाहीविना अन्त्य हुनेछैन ।” उहाँले भन्नुभयो, “हाम्रो माग प्रष्ट छ । पूर्ण युद्धविराम । त्योभन्दा कम कुराले हामी सन्तुष्ट हुँदैनौँ ।”

पछिल्ला दिनहरूमा प्रधानमन्त्रीमाथि हमासविरुद्ध कडा रूपमा प्रस्तुत बन्न राजनीतिक दवाव आएको छ । यद्यपि इजरायली प्रशासन तथा हमास दुवै पक्षले युद्ध शुरु गर्ने मनस्थितिमा भने छैनन् ।

(Visited 1 times, 1 visits today)

२८ श्रावण २०७५, सोमबार ०१:०० मा प्रकाशित

शीर्ष खबर

सबै

तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको.....

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ । पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts