कहिले बन्ला धरहरा र रानीपोखरी ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार ०२:०९

काठमाडौं । २०७२ को भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहरा, रानीपोखरीलगायतका सम्पदा पुनर्निर्माण कार्य अस्वाभाविक रूपमा धकेलिन छ । सरोकारवाला निकायबीचको आपसी खिचातानी र स्वार्थमा चलखेल भएपछि उच्च महत्त्वका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण कार्यमा विलम्ब भएको हो ।

भूकम्पपछि क्षतिग्रस्त बनेको रानीपोखरी कस्तो शैलीमा बनाउने र धरहरा कसले बनाउने भन्ने बहसमै तीन वर्ष बितेको छ । भूकम्पबाट क्षतिग्रस्त अन्य सम्पदाको हालत पनि उस्तै छ । पुनर्निर्माणका नाममा करोडौ रुपैयाँ सकिए पनि प्रगति भने भएको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुनर्निर्माणका लागि गत साउनमा बोलपत्र आह्वान गर्‍यो ।

प्राधिकरणले वार्षिक कम्तीमा तीन अर्ब ९१ करोड २८ लाखको निर्माण कार्य गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आहन गरेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्राधिकरणले बोलपत्र आह्न गरेसँगै धरहरा पुनर्निर्माणको बाटो खुलेको बताए । यद्यपि, प्रक्रिया भने अझै बढ्न सकेको छैन । राजधानी दैनिकले पहिलो पृष्ठमा यो खबर छापेको छ ।

(Visited 1 times, 1 visits today)

६ भाद्र २०७५, बुधबार ०२:०९ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts