‘सरकार ६ महिनामै भ्रष्टाचार गन्हायो, वाइडबडीमै अर्बौ कमिसन’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ७ भाद्र २०७५, बिहीबार ०१:५७

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले ६ महिनाको अवधिमा सरकार ‘भ्रष्टाचारले गन्हाएको’ टिप्पणी गरेका छन् ।
समाज खबरसंग कुराकानी गर्दै नेता गुरुङले उपलब्धीको जति लामो सूची सार्वजनिक गरेपनि पछिल्लो ६ महिनामा नेपालमा सबैभन्दा बढी भ्रष्टाचार मौलाएको आरोप लगाए । प्रधानमन्त्री र मन्त्रीहरु माफियाको चंगुलमा फसिसकेको भन्दै गुरुङले सरकारका हरेक निर्णय कमिसनमुखी भएको बताए ।

पर्यटन मन्त्रालयले वाइडबडी विमान खरिदमा गरेको भ्रष्टाचार नै मुख्य उदाहरण भएको बताए । ‘सम्झौता गरेभन्दा कम क्षमताको वाइडबडी विमानलाई बढी रक तिरेर ल्याउनुपर्ने कारण के हो ? विमान खरिदमा मात्रै लाख, करोड होइन अर्बौको भ्रष्टाचार भएको छ ।’, गुरुङले भने ।

काम नगर्ने ठेकेदारलाई जेल हाल्ने धम्की दिएको सरकारले कुन आधारमा ठेकेदारसंगको ‘लेनदेन’ मिलाएको भन्ने विषय अझै रहस्यमय रहेको उनले बताए । एउटै अभिव्यक्तिमा मन्त्रीको पद गएपनि नेकपाका व्यापारी दुर्गा प्रसाइलाई राज्यले संरक्षण गर्नुले नै ‘माफिया’ लाई सरकारले र सरकारले ‘माफिया’ संरक्षण गरेको प्रष्ट हुने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले काम गर्न दिएन भन्नु ‘नाँच्न आउँदैन आँगन टेढो’ भनेझैं भएको गुरुङको भनाई छ । ‘यो उखान त्यसै बनेको होइन रहेछ । केपी ओलीजस्ता काम नगर्ने ठूला कुरा गर्ने मान्छेलाई लक्षित गरेर बनाएको रहेछ ।’, उनले भने ।

फरक प्रसंगमा गुरुङले सरकारलाई सच्याउन कांग्रेसले नै खबरदारी गर्नुपर्ने बताए । कांग्रेस नेतृत्वले अझैं सत्तामा भएझैं व्यवहार गरिरहेको भन्दै अलमल चिर्नका लागि नेतृत्व ब्यूझन आवश्यक रहेको बताए ।

(Visited 1 times, 1 visits today)

७ भाद्र २०७५, बिहीबार ०१:५७ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts