नेकले भन्यो – दुष्प्रचार बन्द गर, विद्यार्थीलाई आतंकित नपार

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १० भाद्र २०७५, आईतवार ०१:४९

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेज भक्तपुरले कलेजका बारेमा अफवाह फैलाएर विद्यार्थी र अभिभावकलाई आतंकित पार्ने काम बन्द गर्न आग्रह गरेको छ ।

हरिकृष्ण श्रेष्ठ, प्राचार्य– नेपाल इञ्जिनियरिङ कलेज

कलेजका प्राचार्य हरिकृष्ण श्रेष्ठले सञ्चालकहरुका बीचमा भएको भनिएको विवादका कारण विद्यार्थी र अभिभावकलाई कुनै मार नपर्ने र अध्यापन कार्य सुचारु ढंगले अघि बढेको बताउनुभयो ।

नेपाल इञ्जिनियरिङ कलेजका संस्थापक सञ्चालकहरुबीचको विवादका कारण सञ्चारमाध्यममा फरक–फरक सूचना आउने गरेका छन् । प्राचार्य हरिकृष्ण श्रेष्ठले एकदिन पनि विवादका कारण कलेजमा अवरोध नभएको र विद्यार्थीको पढाई र भविष्य दुवै सुनिश्चित रहेको दावी गर्नुभयो ।

‘जुन विवाद भनिएको छ त्यसको निरुपण वैधानिक ढंगले हुन्छ । तर विद्यार्थी र अभिभावक आत्तिनुपर्दैन । हामी कलेज चलाउनेहरुले एकजना विद्यार्थी पनि मर्कामा पर्न दिन्नौं ।’, उनले भने । सञ्चालक समितिको विवादकै कारण कलेजका सम्पूर्ण बैंक खाता रोक्का रहेकाले विद्यार्थी भर्नामा बैंकिङ प्रक्रिया लागु हुन नसकेको प्राचार्य श्रेष्ठको भनाई छ ।

नयाँ भर्ना हुने विद्यार्थीले कलेजमै पुगेर सबै विवरण बुझेर कलेज प्रशासनमै शुल्क बुझाई भर्ना हुनु उपयुक्त हुने श्रेष्ठले बताउनुभयो । ‘विद्यार्थी र अभिभावकले बाहिर कसले के भन्छ भन्ने कुरा नसुनी कलेजमै आएर यथार्थ बुझ्नुभयो भने कुनै समस्या हुँदैन । बरु बाहिरका कुरा सुन्दा समस्या हुन्छ ।’, श्रेष्ठले भन्नुभयो ।

 

दिपक धाँमी, सह प्राचार्य– नेपाल इञ्जिनियरिङ कलेज

यस्तै कलेजका सह प्राचार्य दिपक धाँमीले आफू नेपाल इञ्जिनियरिङ कलेजकै पूर्व विद्यार्थीसमेत रहेको भन्दै स्थापनाकालदेखि नै मुनाफा रहित सामाजिक संस्थाका रुपमा रहेको कलेजलाई नीजिकरण गर्न चाहनेहरुले बदनाम गराएको बताउनुभयो । ‘आजसम्म एकजना पनि विद्यार्थीलाई समस्यामा पर्न नदिई कलेज सञ्चालन गरेका छौं । तर अनावश्यक दुष्प्रचार गरेर यो कलेजको छवि बिगार्ने प्रयास भइरहेको छ । यसतर्फ सबैजना सचेत हुनुपर्छ ।’, धाँमीले भन्नुभयो ।

उहाँले प्रशासनले कलेजको सञ्चालक समितिका सन्दर्भमा भएको मतभेद छिट्टै निवारण गर्ने विश्वास व्यक्त गर्दै २–४ जनाले प्रचार गर्दैमा विद्यार्थीको भविष्यमाथि खेलबाड हुन नदिन आफूहरु सचेत रहेको बताउनुभयो ।

सञ्चालक समितिका सदस्यहरु हरिप्रसाद पाण्डे, सलिल भट्टराई, दिपक भट्टराई लगायतको समूहले अहिले कलेज सञ्चालन गरिरहेको छ भने सञ्चालकहरुमध्येकै लम्बोदर न्यौपाने समूह वर्षदिन यता कलेज नै नगई कलेजविरुद्ध प्रचारबाजीमा लागेको छ । नेपाल इञ्जिनियरिङ कलेजको इतिवृतान्त बुझेकाहरु विवादलाई ‘कलेज बचाउने र पचाउने’ बीचको लडाई रहेको बताउँछन् ।

२०५१ सालमा मुनाफारहित सामाजिक संस्थाको रुपमा स्थापित भएको नेपाल इञ्जिनियरिङ कलेजले हालसम्म १० हजार बढी इञ्जिनियरहरु उत्पादन गरिसकेको छ । तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले प्राइभेट कम्पनीका रुपमा कलेजको सम्पत्ति हस्तान्तरण हुनेगरी नेपाल इञ्जिनियरिङ कलेज प्रा.लि. खोलेपछि विवाद बढेको हो ।

विद्यार्थी र अभिभावकको आन्दोलनपछि प्रा.लि खारेज भइसकेको छ भने सामाजिक संस्थाकै रुपमा कलेज सञ्चालन भइरहेको छ ।

(Visited 1 times, 1 visits today)

१० भाद्र २०७५, आईतवार ०१:४९ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts