विष्टबारे कारण देखाउन सरकारलाई आदेश

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार ०२:०८

काठमाडौं । तत्कालीन माओवादी सेनामा बाल सैनिकका रुपमा काम गरेका लेनिन बिष्टलाई विदेश जान रोक लगाइएको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गृह मन्त्रालयलाई कारण दिन आदेश गरेको हो ।

बिष्टले आफुलाई बिनाकारण विदेश जान रोक लगाएको भन्दै सर्वोच्च अदालतमा हालेको रिट निवेदनमा आइतबार सुनुवाई गर्दै युवा यस्तो आदेश जारी भएको हो । एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन गत शुक्रबार बिहान थाइल्यान्ड जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनलाई फकाइएको थियो ।

(Visited 1 times, 1 visits today)

१८ भाद्र २०७५, सोमबार ०२:०८ मा प्रकाशित

Popular Posts