किन खोसियो सोमलाल सुवेदीको प्रसिद्ध प्रबल जनसेवाश्री पदक ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार ०१:५६

काठमाडौं । सरकारले पूर्व मुख्‍यसचिव डा.सोमलाल सुवेदीको पदक खोसेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को पछिल्लो बैठकले पूर्व मुख्‍यसचिव डा.सुवेदीलाई दिने घाेषणा गरेको पदक गृहसचिव प्रेमकुमार राईको सिफारिसमा खोसेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार गृहमन्त्रालयले राष्ट्रपति कार्यालयलाई पठाएको पत्रमा डा.सुवेदीको नाम उल्लेख गरिएको थिएन। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्तित्वलाई विभिन्‍न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी थिइन्।

यसअघि गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा गरिएको दश प्रकारका मानपदवीमा पूर्वमुख्‍य सचिव सुवेदीको नाममा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको थियो। तर, मुख्यसचिव डा. सुवेदी आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक भएर गएका थिए।

तीन वर्षे पदावधि हुने मुख्यसचिवमा सुवेदीको पदावधि २०७६ साउनसम्म थियो। आकर्षक तलब/सुविधा हुने एडीबीको पदका लागि उनले मुख्यसचिवको जिम्मेवारी एक वर्षअघि नै टुंग्याएका थिए।

कार्यक्रममा प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट गोपालप्रसाद पराजुली (पूर्वप्रधानन्यायाधीश), ईश्वरीप्रसाद खतिवडा (न्यायाधीश), दीप बस्न्यात (पूर्वप्रमुख आयुक्त, अदुअआ),उमेश मैनाली (अध्यक्ष, लोकसेवा आयोग), राजेन्द्र क्षत्री (प्रधानसेनापति, नेपाली सेना) र लोकदर्शन रेग्मी (मुख्य सचिव) विभूषित भएका थिए।

त्यसैगरी ‘नेपालरत्न’ विभूषण पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (मरणोपरान्त) का तर्फबाट उनका नाति सिद्धार्थ कोइराला तथा ‘राष्ट्रिय गौरव’ विभूषण राजनीतिज्ञ महेन्द्रनारायण निधिका तर्फबाट उहाँका सुपुत्र विमलेन्द्र निधिले ग्रहण गरेका थिए। सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो।

(Visited 1 times, 1 visits today)

२० भाद्र २०७५, बुधबार ०१:५६ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts