‘प्रधानमन्त्रीको लय बिग्रियो, विदेशीको इशारामा सरकार चल्यो’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ भाद्र २०७५, बिहीबार १४:२९

काठमाठौं । नेपाली कांग्रेसका सांसद डा मीनेन्द्र रिजालले बिम्स्टेक राष्ट्रका सेनाहरुको संयुक्त तालिममा नेपाली सेनालाई नपठाउने निर्णय गरी देखाउन चुनौती दिएका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिजालले काठमाडौं घोषणापत्रमा निर्णय नभएको प्रधानमन्त्रीले बताइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त तालिम गर्ने बताइरहेको स्मरण गराए। रिजालले नेपाली सेनालाई नपठाई देखाउन सरकारलाई चुनौति दिँदै भने, ‘अन्यथा निर्णय भएको छैन भन्नुको औचित्य के हो?’

प्रधानमन्त्रीले निर्वाचनपूर्व विदेशीसँग आँखा जुधाउँछु भन्ने तर प्रम भइसकेपछि विदेशीको लयमा लय मिलाएको आरोप लगाए। उनले थपे, ‘आम बुझाइ त्यही हो। होइन भने संसदलाई जवाफ चाहियो।’

नेपाली कांग्रेसका अर्का सांसद मीन विश्वकर्माले सरकारले हत्या, हिंसा र मुल्य वृद्धिमा ह्राट्रिक गरेको आरोप लगाए। सरकारले मुल्यवृद्धि घटाउन नसकेको बताउँदै उनले भने, ‘सरकार आफै मूल्यवृद्धि बढाउन लागेको छ।’ ६ महिनामा ६ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रति ध्यानार्काषण गराउँदै उनले बढेको मूल्यवृद्धि फिर्ता गर्न माग गरे।

(Visited 1 times, 1 visits today)

२१ भाद्र २०७५, बिहीबार १४:२९ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts