‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार १३:१५

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र लोकतन्त्र खतरामा पर्दै गएको भन्दै नसच्चिए त्यसविरुद्ध गम्भीर कदम चाल्ने चेतावनी दिएको छ ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्यले संविधानले प्रधान गरेको अभिव्यक्ति स्वतन्त्रता विरुद्धका कदमले प्राप्त उपलब्ध गुम्ने खतरा बढाएको भन्दै लोकतन्त्रको संरक्षणका लागि कडा कदम चाल्ने चेतावनी दिएका हुन् । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले कालो झण्डा देखाएकै निहुँमा व्यक्ति नियन्त्रणमा लिने काम संविधानको बर्खिलाप भएको दाबी गरे । उनले डेमोक्रेसीमाथि प्रहार भइरह्यो भने नेपाली कांग्रेस मुकदर्शक बनेर नबस्ने चेतावनी पनि दिए ।

उनले संविधानको मौलिक हक अन्र्तगतको धारा १६ र १७ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक र वाक तथा विना हतियार शान्तिपूर्ण भेला हुने स्वतन्त्रताको हक प्रत्याभूति गरेको स्मरण गराउँदै भने– ‘यो पुस्तक कुनै कागजको खोस्टा होइन र यो चनाचट्पटे बेच्ने कागज पनि होइन । यो नेपालको मुल कानुन हो,नेपालको संविधान ।’

उनले संविधान विपरित महेन्द्रकालीन घटना हुन लागेको भन्दै गम्भीरताका सथा लिन सरकारको ध्यानाकर्षण गराए । उनले भने– ‘राजा महेन्द्रको समयमा सहिद दुर्गानन्द झाले कालो झण्डा देखाएवापत फाँसीमा चढ्नुपरेको थियो । के आजको अवस्था राजा महेन्द्रको अवस्था हो ?’ नेपालको संविधान देखाउदै उनले भने–‘बर्दियाको गुलरियामा कालो झण्डा देखाउन मौलिक हकले कानुनी र संवैधानिक हक दिएको छ कि छैन ? हामी के यस्तै डेमोक्रेसीका लागि लडेका हौ ?’

उनले महेन्द्रकालीन घटना हुन लाग्यो भने प्रजातन्त्रका लागि कांग्रेसले जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिए । उनले प्रहरी हिरासतमै मृत्यु भएका राममनोहर यादवको अहिलेसम्म पोस्र्टमाटम नगरिएको र जाहेरी पनि दर्ता नभएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण समेत गराए ।

उनले यादवको मृत्युबारे छानविन समिति गठन गरि सत्यतथ्य सार्वजनिक गर्न तथा पोस्र्टमाटम र जाहेरी दर्ता गर्न सरकारसँग माग समेत गरे । उनले दैनिकजसो हुने गरेका व्यक्ति हत्या, बलात्कार जस्ता घटनामा गम्भीर र संवेदनशील बन्दै शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।

(Visited 1 times, 1 visits today)

२२ भाद्र २०७५, शुक्रबार १३:१५ मा प्रकाशित

शीर्ष खबर

सबै

नेविसंघको म्याद गुज्रियो, थप्ने की हटाउने ?

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद आजबाट सकिँदै छ । कांग्रेसले आज राती सम्म म्याद थप नगरेमा नेविसंघको केन्द्रीय समिति स्वतः.....

मुलुक नै भूकम्प प्रतिरोधी बनाउने अभियानमा छौ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । २१औं.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts