मिश्रको सुनुवाई भदौ २५ गते

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार १३:१७

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते हुने भएको छ। शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले मिश्रलाई सुनुवाइका लागि सोमबार बोलाउने निर्णय गरेको हो ।

समितिले शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध परेको चारवटा उजुरीको खोलेको छ । समितिका एक सदस्यका अनुसार उजुरीकर्तासँग आइतबार छलफल गरेर सोमबार मिश्रलाइ सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो ।

संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध उजुरी दिन आह्वान गरेको दश दिनको अवधिमा चारवटा उजुरी परेको थियो।

मिश्रविरुद्ध ऐनसेलको मुद्दामा राज्यलाई करोडौं घाटा हुने गरी पैसा विदेश लैजान अन्तरिम आदेश दिएको, सूर्य नेपालको मुद्दामा पनि कर छली गर्न आदेशमार्फत सहयोग गरेको, हाँगी गाउँको सार्वजनिक जग्गा व्यक्तिका नाउमा नामसारी गर्न बाटो खोलिदिएको, विभिन्न मुद्दामा पैसा लिएर अभियुक्तलाई छाडेको लगायत उजुरी परेका छन् ।

सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि दोस्रो वरियतामा रहेका मिश्रलाई संवैधानिक परिषदले भदौ ७ गते सिफारिस गरेको थियो।

दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधशीको रोलक्रममा रहेका मिश्रलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको हो।

औपचारिक बैठक बस्नुअघि विपक्षी दलका नेता शेरबहादुर देउवाले परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोशी अस्वीकृत हुनुको कारण सोधेका थिए।मिश्र न्याय सेवाबाट जिल्ला, पुनरावेदन अदालत हुँदै चार वर्ष अघि सर्वोच्चका न्यायाधीश भएका थिए।

(Visited 1 times, 1 visits today)

२२ भाद्र २०७५, शुक्रबार १३:१७ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts