काङ्ग्रेसले नै देश विकास गर्छ : महामन्त्री कोइराला

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २४ भाद्र २०७५, आईतवार ००:४४

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीको सपनाअनुसार पार्टीलाई अगाडि बढाउनका लागि गुटको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवनले आयोजना गरेको एक सय पाँचौँ बिपी जयन्तीका अवसरमा शुभकामना आदानप्रदान एवं तीज कार्यक्रममा उहाँले भन्नुभयो, “काङ्ग्रेस अब एकजुट भएर अघि बढ्नुपर्छ ।”

महामन्त्री डा कोइरालाले काङ्ग्रेसलाई बलियो बनाउन र बिपीको विचारअनुसार सञ्चालन गर्नका लागि आन्तरिक गुटबन्दीको अन्त्य गरी सद्भाव राख्नुपर्ने बताउँदै पार्टीभित्र रहेकोे गुटबन्दी अन्त्यका लागि आफू तयार रहेको र यसमा कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

“गुटको अन्त्य गर्न म चाहन्छु तर कार्यकर्ताले साथ दिनुप¥यो, अहिले पार्टी कमजोर भएको होइन, गुटले पार्टीलाई कमजोर बनाएको हो,” उहाँले भन्नुभयो, “बिपी भन्नुहुन्थ्यो गुटबन्दीले पार्टीलाई असर गर्छ, अहिले त्यही रोग हामीमा लागेको छ ।”

महामन्त्री डा कोइरालाले बिपीले आफ्नो मृत्यु हुनुअघि ठूलो मानिस होइन, असल मानिस बन्नु भनेको कुरालाई स्मरण गर्दै अब असल मानिस बन्ने र बनाउने समय आएको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले देशको विकास गर्ने राजनीतिक दल भनेको काङ्ग्रेस नै रहेको चर्चा गर्दै कम्युनिष्ट सरकारहरु भ्रम छर्ने तर विकास गर्न नसक्ने बताउनुभयो ।

 

(Visited 1 times, 1 visits today)

२४ भाद्र २०७५, आईतवार ००:४४ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts