बिपीको विचार जनतामाझ लैजानुपर्छ : डा रिजाल

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २४ भाद्र २०७५, आईतवार ००:४८

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टीले विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई जनतामाझ लैजानुपर्ने बताउनुभएको छ ।

एक सय पाँचौँ बिपी जन्मजयन्तीका अवसरमा काङ्ग्रेस धनकुटा काठमाडौँ सम्पर्क समितिले  आयोजना गरेको ‘बिपीको १०५औँ जन्मजयन्ती र काङ्ग्रेसको सङ्गठन’ विषयक कार्यक्रममा उहाँले बिपीको विचारलाई आत्मसात् गरी पार्टी सधै जनतामाझ हुनुपर्ने बताउनुभयो ।

“बिपीका बारेमा धेरै चर्चा हुने गर्छन्, मानिसको व्यक्तिगत सोचलाई सीमाभित्र नराखेर अघि बढ्ने व्यक्ति बिपी कोइराला हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो । नेता रिजालले राष्ट्रियता खतरामा परेको बेला बिपी कोइराला जनताका लागि राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएको स्मरण गर्नुभयो ।

काङ्ग्रेस धनकुटाका पूर्वसभापति एवम् पूर्वसांसद मनोहरनारायण श्रेष्ठले पार्टी नेतृत्वले समय र विधानअनुसार चल्न नसकेका कारण पार्टी कमजोर भएको बताउँदै “पार्टीभित्र रहेको गुट, उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुँदैन”, भन्नुभयो ।

काङ्ग्रेस धनकुटाका पूर्वसभापति हरि अधिकारीले बिपीको विचार अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै पार्टी नेतृत्वले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

काङ्ग्रेस धनकुटा–काठमाडौँ सम्पर्क समितिका सभापति भीमबहादुर थापाले विधानअनुसार सबैलाई समेटेर अगाडि बढेमात्र काङ्ग्रेसको सङ्गठन बलियो हुने बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

२४ भाद्र २०७५, आईतवार ००:४८ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts