नेविसंघ विधानले कांग्रेसमा बबण्डर, देउवाविरुद्ध चार नेताको फायर खुल्यो !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार ०१:४७

काठमाडौं । नेपाल विद्यार्थी संघको विषयलाई लिएर नेपाली कांग्रेसको शीर्ष तहमा विवाद उत्कर्षमा पुगेको छ । आइतबार राति सम्पन्न केन्द्रीय समितिको बैठकले नेविसंघको विधान बहुमतले पारित गरेपछि सभापति शेरबहादुर देउवा विरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौंला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता अर्जुननरसिंह केसीले ‘फायर’ खोलेका छन् ।

मध्यरातमा संयुक्त वक्तव्य जारी गर्दै ४ जना नेताहरुले नेविसंघले सर्वसहमतिमा पारित गरेको विधानको सट्टा नयाँ विधान पारित गरिएको , निर्देशन समितिमा विधानबारे छलफल नभएको तथा निर्णय प्रक्रिया अपारदर्शी भएको भन्दै औपचारिक असहमति व्यक्त गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा सह महामन्त्री एवं नेविसंघ निर्देशन समितिका संयोजक डा.प्रकाशशरण महतले नेविसंघको विधान पेश गरेका थिए । उनले पेश गरेको विधानमा निर्देशन समितिमै छलफल र सहमति नजुटेको भन्दै अन्य नेताहरुले विरोध जनाएका थिए । नेविसंघले सर्वसहमतिबाट दिएको विधानमा उमेर हद लगायतका विषय समेटिएको छैन ।

३२ वर्षे उमेर हदसहितको विधान बहुमतले आंशिक पारित भएको भन्दै सभापति देउवाले बैठक समापन गरेका थिए । देउवा इत्तर समूहले पार्टीको विधान र प्रक्रिया मिचिएको ठहर गरेको छ ।

नेविसंघको विधान विवादको यो तरंगले देउवा विरुद्ध पहिलो औपचारीक मोर्चाबन्दी सुरु गराएको छ । १३ औं महाधिवेशनपछि पौडेल, सिटौंला, सिंह र केसी औपचारिक रुपमा पहिलोपटक देउवा विरुद्ध संगठित भएका हुन् ।

(Visited 1 times, 1 visits today)

२२ आश्विन २०७५, सोमबार ०१:४७ मा प्रकाशित

शीर्ष खबर

सबै

तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको.....

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ । पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts