कांग्रेस नेतालाई दु:ख दिने को हुन् छिरिङ ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ८ मंसिर २०७५, शनिबार १४:१२

सिन्धुपाल्चोक । चन्दन तस्करदेखी हाइड्रोको सामान समेत वेचे सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ५ मार्मिङका छिरीङ लामा विपक्षी पार्टीका नेता कार्यकर्तालाई फसाउने तथा दु:ख दिदै आएका छन् ।

तत्कालीन एमालेबाट भोटेकोशी गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका लामा नराम्रोसँग पराजीत भएसँगै कांग्रेस र राप्रपाका कार्यकर्तालाई कहिले प्रहरी लगाएर त कहिले अदालतमा झुट्टो बहाना बनाएर फसाउन लागि परेका छन् । यसको पछिल्लो उदाहरण हो, मार्मिङका कांग्रेस ईकाइ सभापति पासाङ लामा र कांग्रेस कार्यकर्ता दावा तामाङलाई ज्यान मार्ने उधोगमा फसाउने लामाको प्रयास असफल भएको छ । ज्यान मार्ने उधोगमा संलग्न रहेको भन्दै आफ्नै भाई ङवाङ रप्गेल लामा मार्फत मुद्दा दर्ता गराई फसाउन खोजेका थिए । प्रहरीले कार्तिक २६ गते पक्राउ गरेपनि जिल्ला अदालत काठमाडौंले पासाङलाई मुद्दा फसाउन उद्दत रहेको भन्दै धरौटीमा मंसिर ६ गते छोडि दिएपछी लामाको धन्दा छताछुल्ल भएको हो । खासमा स्थानीय चुनावसम्म एमाले रहेका दावा तामाङ प्रतिनिधिसभाको निर्वाचन अगाडी कांग्रेस प्रवेश गरेका थिए । उनी तत्कालीन एमालेका क्षेत्रीय सदस्य समेत हुन् ।

रिहा भएका कांग्रेस नेताहरु ।

आफ्नै मान्छे दावा कांग्रेस बनेपछी छिरिङले २०७४ माघ १५ गते भाई ङवाङलाई प्रयोग गरि काठमाडौंको गोकर्णेश्वरमा केही केटा पठाएर दावा माथी आक्रमण गर्न लगाए । तर योजनाबद्द रुपमा माघ १६ गते आफूमाथी आक्रमण भएको भन्दै बौद्द वृत्तमा उल्टै ङवाङले ज्यान मार्ने उधोगमा मुद्दा दर्ता गराए । तर प्रहरीले ज्यान मार्ने उद्दत नदेखिएको भन्दै मिलापत्र गरिदिएको थियो । दावालाई कांग्रेस नेता पासाङले संरक्षण गरेको थाहा पाएपछी २०७५ साउन २९ गते भाई ङवाङलाई फोन गर्न लगाएर बोलाई केही केटा लगाएर दावा र पासाङमाथी आक्रमण गरे । तर भोलिपल्टै जिल्ला अदालतमा ज्यान मार्ने उधोगमा मुद्दा दर्ता गराएर फसाउन खोजेका थिए । तर अदालतले धरौटीमा रिहा गरेसँगै छिरिङको योजनामा ङवाङको खेल बाहिर आएको हो ।

छिरिङले यसअघि २०७० मा तत्कालीन मार्मिङ इकाई सभापति शमशेर शेर्पामाथी पनि भौतिक आक्रमण गरेका थिए । अहिले पनि शमशेर र छिरीङको मुद्दा चल्दै आएको छ । आफैं आक्रमण गर्ने अनि आफैं मुद्दा हालेर आफ्नो पार्टी प्रवेश गराउने प्रपञ्च गर्दै आएका स्थानीय बताउँछन् । उनी कांग्रेस र राप्रपा भन्ने गाउँका सबैलाई सके आक्रमण गर्ने नसके प्रहरी वा अदालतलाई प्रयोग गर्दै मुद्दा हाल्ने गर्दै आएका छन् । सामान्य परिवारका छिरिङ अहिले करोडपति बनेका छन् ।

उनको सम्पत्तिको स्रोत के ? कुनै जागिर वा ब्यवसाय विनै करोडौ कमाएका उनको गोकर्णेश्वर नगरपालिकामै रोपनीमा बनेको २ वटा घर छ । रक्त चन्दन तस्करीको समयमा तातोपानी नाकाका हर्ताकर्ता मध्ये छिरिङ पनि एक हुन् । त्यही बेला पैसा कमाएको स्थानीयवासी बताउँछन् । अझ लविङ बुद्द हाइड्रोपावरको राम्रो सामान कवाडी भनेर वेचेको आरोप समेत छिरिङमाथी लाग्दै आएको छ । ५० लाख बराबरको सम्पत्ति हिनामिना गरेको भन्दै तत्कालीन लविङ बुद्दका एमडी सीताराम तिमल्सिनाले मुद्दा दर्ता नै गरेका थिए । छिरिङमाथी शिव श्री हाइड्रोपावरको टावर बनाउने नाममा स्थानीय जग्गावालाको मुआब्जा समेत हिनामिना गरेको आरोप लाग्दै आएको छ । १० लाखमा ठेक्का लिएर १ लाख ७५ हजार देखी ८० हजार दिएर बाँकी रकम आफैले झ्वाम पारेको भन्दै स्थानीय रुष्ट बनेका छन् ।

(Visited 1 times, 3 visits today)

८ मंसिर २०७५, शनिबार १४:१२ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts