बार्सिलोना फेरि शीर्ष स्थानमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार ०१:३७

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा भिल्लारियलमाथि जित निकाल्दै बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको हो ।

लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले भिल्लारियललाई २–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा जेरार्ड पिके र कार्लस एलेनाले गोल गरे ।

उसमान डेम्बेलेको सहयोगमा ३६ औँ मिनेटमा पिकेले गोल गर्दै टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । खेल सकिन तीन मिनेट बाँकी हुँदा कप्तान मेस्सीको सहयोगमा एलेनाले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

जितपछि १४ खेलबाट २८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । राति नै भएको खेलमा एलाभेससँग १–१ को बराबरीमा रोकिएको सेभिल्ला एक अंकले पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।

राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिड जिरोनासँग १–१ को बराबरीमा रोकियो भने रियल बेटिसले रियल सोसिडाडलाई १–० ले हरायो ।

(Visited 1 times, 1 visits today)

१७ मंसिर २०७५, सोमबार ०१:३७ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts