पुलिसलाई स्तब्ध बनाउदै संकटा लिगको दोस्रो स्थानमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलवार १५:४१

काठमाडौं । सिएमजी संकटा क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार विभागीय टिम नेपाल पुलिस क्लबलाई २ – १ ले पराजित गर्दै संकटा दोस्रो स्थानमा उक्लिएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा संकटालाई जित दिलाउन सरोज दाहाल र दिपेश आले मगरले एक एक गोल गरे । पुलिसका रबी पासवानले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

पुलिसविरुद्ध खेलको २९ औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा सरोज दाहालले हेड गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा दिपेश आले मगरले गोल गरेपछि संकटाले २ – ० को अग्रता बनायो ।

संकटाको यो पाँचौ जित हो ।जितसंगै संकटाले ६ खेलबाट १५ अंक जोडेको छ । र, शीर्ष स्थानको सिग्नेचर मनाङ मर्स्याङ्दीसंग अंक बराबर गरेको छ ।

हेड टु हेडमा अघि रहेको मनाङले एक खेल कम खेलेको छ । तर, संकटाले आर्मीलाई पछि पार्दै दोसो स्थान हासिल गरेको हो ।

(Visited 1 times, 1 visits today)

१८ मंसिर २०७५, मंगलवार १५:४१ मा प्रकाशित

शीर्ष खबर

सबै

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न.....

१० वर्षमा साढे दुई गुणा मुद्दा बढ्यो

काठमाडौं । नेपालमा दश वर्षको अवधिमा उल्लेख मात्रमा मुद्दा संख्‍या बढेको छ । सर्वोच्च अदालतले संक्षिप्त रुपमा.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts