धर्म प्रचारको आरोपमा प्रधानमन्त्रीविरुद्ध जाहेरी, प्रहरीले दर्ता गरेन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलवार १६:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारमा सक्रिय भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला उनीविरुद्ध धर्म परिवर्तन गराउन लागेको भन्दै प्रहरीमा उजुरी दर्ता गराउने प्रयास भएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध धर्म परिवर्तनको उद्योग (कसुर गरेको आरोपमा कारबाही माग गर्दै अधिवक्ता भूपेन्द्रप्रसाद पोख्रेलले उजुरी दर्ता गराउन खोजे पनि प्रहरीले लिन अस्वीकार गरेको छ ।

प्रधानमन्त्री ओलीले संविधानविपरीत धर्म प्रचार गर्न खोजेको, सरकारको स्वीकृतिबिना तक्मा तथा पुरस्कार थापेको भन्दै उजुरी दर्ता गराउन महानगरीय प्रहरी परिसर टेकु पुगेका अधिवक्ता भूपेन्द्रप्रसाद पोख्रेललाई महानगरीय प्रहरी प्रमुख वसन्त लामाले उजुरी नलिई फर्काएका हुन् ।

पोख्रेलले प्रधानमन्त्री ओलीसँगै युनिभर्सल पिस फेडरेसन (युपिएफ) का नेपाल अध्यक्ष तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई पनि कारबाही गरिनुपर्ने माग गरेका थिए ।

तर, प्रहरीले कानुनभन्दा पनि पद हेरेर उजुरी दर्ता लिन नमानेको अधिवक्ता पोख्रेलले बताए ।

(Visited 1 times, 1 visits today)

१८ मंसिर २०७५, मंगलवार १६:१४ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts