यौन दुव्र्यवहार गर्नेलाई ५ वर्ष जेल

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार १६:२३

स्पेन । स्पेनका एउटा अदालतले बुधबार यौन दुव्र्यवहार गर्ने पाँच जनालाई नौ वर्ष जेल सजायको फैसला गरिदिएको छ ।

एक जना महिलालाई सामूहिक रूपमा यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले उनीहरूलाई जेल सजायको फैसला गरेको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूमध्ये केहीले ती महिलालाई सामूहिकरूपमा बलात्कारसमेत गरेको पाइएको अदालतको भनाइ छ ।

बलात्कारमा परेकी महिलाको उमेर १८ वर्ष रहेको र पाम्प्लोनामा रहेको एउटा आवासीय भवनको प्रवेशद्वारमा घटना भएको थियो ।

एक हप्ता लामो “सान फेरमीन बुल रनिङ” पर्वको बेला सन् २०१६ को जुलाई ७ तारिखका दिन घटना भएको बताइएको छ ।

(Visited 1 times, 1 visits today)

१९ मंसिर २०७५, बुधबार १६:२३ मा प्रकाशित

Popular Posts