वाइडबडीबारे पर्यटनमन्त्री, सरकार गम्भीर छ

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार १६:४६

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेका प्रश्नप्रति सरकार र मन्त्रालय गम्भीर रहेको बताए ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले समग्रतामा सबै विधि र प्रक्रिया पूरा गरेर जहाज खरीद गरेको देखिए पनि कुन कुरा ठीक थियो, कुन कमजोरी रह्यो भन्नेबारेमा छानविन र अध्ययन भइरहेको जानकारी दिए।

उनले भने, “कहीँ कुनै अनियमिता, कमजोरी भएको छ भने सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएर कारवाही गर्नेछ, अध्ययन र छानविन भइरहेको छ, आवश्यकता परेमा उच्चस्तरीय छानविन समिति गठन गरिनेछ, निगमलाई राम्रो गराउने सन्दर्भमा कुन बाटो हिँड्दा उपयुक्त हुन्छ सरकार समितिसग परामर्श गरेर अघि बढ्न तयार छ ।”

पछिल्लो समय तोक आदेशमा निगमका जहाजको टिकट किनबेच हुने प्रवृत्ति हटाइएको, बजार व्यवस्थानमा सुधार ल्याउन कोशिस भइरहेको र समयमा जहाज उडाउने कुरामा निकै ध्यान दिइएको बताउँदै मन्त्री अधिकारीले भने, “नयाँ ल्याइएको वाइड बडी जहाजले जति उडान भर्नु पर्दथ्यो त्यसको आधा समयमात्र उडेको छ, पूरा समय उडेको छैन ।”

हवाई उडान सम्बन्धमा ३९ देशसँग सम्झौता भए तापनि युरोपियन युनियनले नेपालको जहाज उडानमा कालो सूचीमा राखेका कारण कतिपय मुलुकमा उडान प्रभावित हुँदै आएको उनले बताए । मन्त्री अधिकारीले भने, “युरोपियन युनियनलगायतको प्रतिबन्ध हटाउन कूटनीतिकलगायतका माध्यमबाट प्रयास भइरहेकाले मलाई आशा छ, आगामी चैत वैशाखसम्ममा हट्ने छ ।”

आम नागरिकले निकै आशा र भरोसा गरेका व्यक्ति मन्त्री अधिकारीबाट निराशा झल्कने जवाफ आउन हुन्न भन्दै सांसदहरुले पैसा नकमाउने भए निगमले खरीद गरेको जहाजको कुनै औचित्य नरहने तर्क प्रस्तुत गरे  । निगमको वाइड बडी जहाज खरीदमा भएको अनियमिताका सम्बन्धमा हालसम्म गरेको अध्ययनबाट ३८ वटा प्रश्न उब्जेको बैठकमा जानकारी दिइयो ।

(Visited 1 times, 1 visits today)

१९ मंसिर २०७५, बुधबार १६:४६ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts