निर्मलाको बलात्कार सामुहिक ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार ०१:४१

काठमाडौं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौँमा र तीन महेन्द्रनगरमा ।

सामूहिक बलात्कार गरेको आशंकामा छिमेकी प्रदीप रावल काठमाडौँ आएपछि पक्राउ परेका हुन् ।

केही युवकले गल्ती आफूहरुले गरेको , तर प्रहरीले अरुलाई दुख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै कुरा गरेको स्थानीयले न्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए ।

तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदिपलाई काठमाडौँ र अरुलाई महेन्द्रनगरमा समातिएको प्रहरीले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

(Visited 1 times, 1 visits today)

२० मंसिर २०७५, बिहीबार ०१:४१ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts