स्टार खेलाडीबिनै बार्सिलोनाको जित

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार ०१:४७

एजेन्सी । स्टार खेलाडी बिना नै खेलेको बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुगेको छ ।

अन्तिम ३२ को दोस्रो लेग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना लियोनल मेस्सी, लुइस स्वारेज, जेरार्ड पिकेसहितका स्टार खेलाडी बिना नै मैदानमा गएको थियो । बार्सिलोनाले कल्चरल लिओनेसामाथि ४–१ को जित निकाल्दै समग्रमा ५–१ को जितसहित अन्तिम १६ मा स्थान पक्का गरेको हो । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो ।

बार्सिलोनाको जितमा डेनिस स्वारेजले दुई गोल गरे भने एल हाडाडी र माल्कमले एक एक गोल गरे । लिओनेसाका लागि सिनीले एक गोल फर्काए ।

राति नै भएको खेलमा जित निकाल्दै एथ्लेटिको मड्रिडले पनि अन्तिम १६ मा स्थान बनाएको छ । यसैगरी जिरोना, रियल सोसिडाड, सेभिल्ला, भिल्लारियल र रियल भालाडोलिड पनि अन्तिम १६ मा पुगेका छन् ।

(Visited 1 times, 1 visits today)

२० मंसिर २०७५, बिहीबार ०१:४७ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts