कुञ्ज थिएटरमा ‘लिलामे माइलो’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार १६:२४

काठमाडौं । मगर समुदायको कथावस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ काठमाडौँको कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको छ ।

मङ्सिर १४ देखि प्रदर्शन शुरु भएको सो नाटक पुस ७ गतेसम्म थापागाउँ कुञ्ज थिएटरमा मञ्चन भइरहेको हो । नाटक हरेक दिन साँझ ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे मञ्चन हुने आयोजकले जनाएको छ ।

नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको निर्माताको भनाइ छ । ‘लिलामे माइलो’ पारिवारिक नाटक हो र यसमा सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिको स्थानीय रहसन, संस्कृति, पर्व, गाउँले जीवन घट्ने घटनालाई कथामा उतारी अभिनयको माध्यमद्वारा नाटकका रुपमा प्रस्तुत् गरिएको छ ।

निर्माता राजाराम गौतमका अनुसार मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर कथा तयार गरिएको छ । निर्माता राजाराम गौतम तथा कथा÷निर्देशक प्रभाकर न्यौपाने, कलाकार सलमान खान, निशा पाख्रिन, राजन भुजेल आदि छन् ।

पूर्वी नेपालका आदिवासी जनजातिमध्येको मगर जातिको रीतिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्नाका साथै पर्यटकीय क्षेत्र राजारानी ताललाई प्रवद्र्धन गर्न मद्दत पुग्ने निर्माता गौतमको धारणा थियो ।

(Visited 1 times, 1 visits today)

२२ मंसिर २०७५, शनिबार १६:२४ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts