मिस वर्ल्डको ताज मेक्सिकोकी भेनिसालाई

एजेन्सी । विश्वभरिका १ सय २१ का प्रतिष्पर्धामा पन्छाउदै मेक्सिकोकी भेनिसा पोन्च डे लियोनले मिस वर्ल्डको ताज पहिरिएकी छिन्।
चीनको सान्यामा शनिबार सम्पन्न विश्वसुन्दरी प्रतियोगिताको औपचारिक घोषणा कार्यक्रममा भेनिसाले मिस वर्ल्डको उपाधि जितेकी हुन्।
मेक्सिको, बेलारुस, युगान्डा, थाइल्याण्ड र जमैकाका सुन्दरी उत्कृष्ट ५ मा पुगेका थिए। जसमा भेनिसा विजेता बनिन्।
यसैबीच, मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको उत्कृष्ट १२ मा पर्न सफल भएकी छिन्। एशियाबाट थाइल्याण्डकी सुन्दरी उत्कृष्ट ५ मा पुग्न सफल भएकी थिइन्।
(Visited 1 times, 1 visits today)
२२ मंसिर २०७५, शनिबार १६:३९ मा प्रकाशित