फ्रेण्ड्स र एनआरटीले अङ्क बाँडे

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ११ पुष २०७५, बुधबार १४:३१

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्स क्लबले न्युरोड टिम एनआरटीसँग बराबरी खेलेको छ ।

हल्चोकस्थित एपिएफको खेल मैदानमा आज भएको तेस्रो खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४३औँ मिनेटमा एनआरटीले सुशील लामाको गोलबाट अग्रता लिएको थियो । उनले प्रहार गरेको बल फ्रेण्ड्सका डिफेण्डरसँग ठोक्किएर गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १–० गोलले अग्रता कायम गरेको एनआरटीले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । खेलको ७८औँ मिनेटमा फ्रेण्ड्सले असिम भुुषालको गोलमाफर्त खेल बराबरीमा ल्याएको थियो । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र दुवै टोलीले अङ्क बाँड्न बाध्य भए । दुवै टोलीले खेलको अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।

बराबरीपछि एनआरटी पाँच अङ्कसहित तालिकाको अन्तिममा यथावत् छ । लिगको ११आँै स्थानको फ्रेण्ड्सले नौ अङ्क जोड्न सफल भयो । एघारौँ चरणसम्म आइपुग्दा जारी लिगमा एनआरटीले हालसम्म एउटा मात्र खेल जित्न सकेको छ ।

(Visited 1 times, 1 visits today)

११ पुष २०७५, बुधबार १४:३१ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts