ए डिभिजन लिग : आज तीन खेल

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ पुष २०७५, सोमबार ०५:१३

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबारदेखि १२ औँ चरणका खेल हुँदैछन् । सोमबार तीनवटा खेल हुँदैछन् ।

पहिलो खेलमा बिहान ११ बजेपछि पुछारका दुई टिमबिच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा पुछारको न्युरोड टिम (एनआरटी) ले १२ औँ स्थान अर्थात पुछारबाट तेस्रो स्थानको मच्छ्न्द्रि क्लबसँग प्रतिस्पर्धा गर्नेछ । ११ खेलबाट एनआरटीको पाँच तथा मच्छ्न्द्रिको ६ अंक रहेको छ ।

दिउँसो साढे दुई बजेपछि एन्फा कम्प्लेक्समै हुने खेलमा पुछारबाट दोस्रो स्थानको ब्रिगेड ब्वाइजले ११ औँ स्थानको फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । ११ खेलबाट ब्रिगेडको ६ तथा फ्रेण्ड्सको ९ अंक रहेको छ ।

दिउँसो साढे दुई बजेपछि सशस्त्र प्रहरीको हलचोक मैदानमा हुने खेलमा जावलाखेल युथ क्लबले त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । चौथो स्थानमा रहेको आर्मीको ११ खेलबाट २१ तथा नवौँ स्थानको जावलाखेलको समान ११ खेलबाट ११ अंक छ ।

(Visited 1 times, 1 visits today)

१६ पुष २०७५, सोमबार ०५:१३ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts